बिश्व शान्तिका लागि बुद्ध दर्शन महत्वपूर्णः प्रधानमन्त्री

बिश्व शान्तिका लागि बुद्ध दर्शन महत्वपूर्णः प्रधानमन्त्री

चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिश्व शान्तिका लागि बुद्ध दर्शनको धेरै ठूलो महत्व रहेको वताउँदै नेपाल र संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भुमिका महत्वपूर्ण रहने प्रष्ट पार्नु भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बावाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, सँस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने वताउनु भयो । उहाँले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले बिश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको वताउनु भयो ।
प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमवाट देशको सम्वृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पुᆬयाउने बताउनु भयो ।
उक्त भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुहरुसमेतको सहभागिता थियो । सो क्रममा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिनु भएको थियो ।