प्रधानमन्त्री र यूएईका राजदूतबीच भेट

प्रधानमन्त्री र यूएईका राजदूतबीच भेट

चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूएईका राजदूत सइद अल नक्वीबीच शिष्टाचार भेट गर्नुभएको छ ।
मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यूएई र नेपालबीच सुमधुर सम्बन्ध रही आएको बताउँदै यसक्रममा यूएइवाट बिभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले हालै आफ्नो युएई भ्रमणका क्रममा प्राप्त सदभावप्रति आभार व्यक्त गर्नु भयो । उहाँले उक्त भ्रमणका क्रममा अगाडि बढाइएका दुई देशबीचका विभिन्न कार्यलाई गति दिन यूएईबाट पनि उच्च स्तरको भ्रमणको अपेक्षा गरिएको जानकारी गराउनु भयो ।
यूएईका राजदूतले नेपाल सरकार र नेपाली जनतावाट पाएको सहयोग र सदभावप्रति आभार व्यक्त गर्दै नेपालको विकास र भौतिक पूर्वाधारको क्षेत्रमा युएईवाट लगानीको प्रतिवद्धता व्यक्त गर्नुभयो ।