विज्ञान–प्रविधि उच्च प्राथमिकतामा : प्रधानमन्त्री

विज्ञान–प्रविधि उच्च प्राथमिकतामा : प्रधानमन्त्री

भदौ २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास विना देशको समग्र विकास असम्भव भएको भन्दै आफ्नो सरकारले विज्ञान–प्रविधिलाई उच्च प्राथमिकतामा राखेको वताउनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ३८ को प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा वताउनुभएको हो । (नाष्ट) का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले आज दिउसो रोनाष्ट भवनमा आयोजित प्राज्ञ सभामा भन्नुभयो ‘प्रतेक देशले विकासको प्रक्रियामा विज्ञान र प्रविजधिलाई कति महत्व दिएका छन्, भन्ने कुराले त्यस देशको समग्र अवस्था मापन हुने गर्छ । हामीकहाँ विज्ञान र प्रविधिको क्षेत्र अझै प्राथमिकतामा पर्ने गरेको छैन । अहिलेको सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’