प्रधानमन्त्रीलाई एशियन कोअपरेटिभ समिटमा सहभागिताका लागि निमन्त्रणा

प्रधानमन्त्रीलाई एशियन कोअपरेटिभ समिटमा सहभागिताका लागि निमन्त्रणा

भदौ २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थाइल्याण्डमा आगामी अक्टुम्वर ८देखि १० सम्म हुने एशियन कोअपरेटिभ समिटमा भाग लिन थाइल्याण्ड सरकारले निम्तो गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्याण्डका राजदूतले प्रधानमन्त्री समक्ष उहाँलाई बैंककमा हुने दोस्रो समिटमा सहभागिताका लागि थाई सरकारका तर्फवाट निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो ।