बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्षसहितको टोलीसँग भेट

बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्षसहितको टोलीसँग भेट

भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बी मात्रै आउने वातावरण सिर्जना गर्न सकियो भने  विश्वभर शान्ति सन्देश प्रवाह गर्नुका साथै नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने वताउनु भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्ष माष्टर छन् ह्वासहितको टोलीसँग भेट गर्दै प्रधानमन्त्रीले सो कुरा वताउनुभएको हो । प्रधानमन्त्रीले बुद्धको शिक्षा सार्वभौम रहेको र यो सर्वकालका लागि मान्य हुने वताउँदै विश्व शान्ति चाहने सबैका लागि उपयोगी रहने वताउनु भयो ।
प्रधानमन्त्रीले अशोकाको भुमिका युद्धवाट फर्केर शान्तिका लागि भए जस्तै आफू पनि युद्धवाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पुर्याउन चाहेको वताउनु भयो ।