प्रधानमन्त्री र भारतीय सेना प्रमुखबीच भेट

प्रधानमन्त्री र भारतीय सेना प्रमुखबीच भेट

चैत्र १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय सेना प्रमुख विपीन रावतबीच भेट भएको छ ।
आज दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय सेना र नेपाली सेनाबीचको सहकार्यप्रति खुशी व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया मौलिक रहेको बताउँदै आफू विद्रोही सेनाको प्रमुख कमाण्डरवाट शान्ति प्रक्रियामा आएर दुई पटकसम्म प्रधानमन्त्री भएको उदाहरण संसारमै नभएको र र नेपालको शान्ति प्रक्रियावाट संसारले सिक्न सक्ने बताउनु भयो ।
भारतीय सेनापति रावतले नेपालको शान्ति प्रक्रियाका अनुभव भारतका लागि पनि उपयोगी हुने बताउँदै नेपाली सेनासँगको सहकार्यका लागि खुशी व्यक्त गर्नु भयो ।