प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

चैत्र १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीबीच भेट भएको छ ।
आज दिउसो बालुवाटारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहित आयुक्तहरुले निर्वाचनको तयारीवारे बिफ्रिङ गर्नुभएको थियो । निर्वाचन आयोगले बैशाख ३१ गते देशका ७४४ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न गर्ने गरी सबै आवश्यक तयारी गरिसकेको उहाँहरुले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले गम्भीरताका साथ आयोग निर्वाचनको तयारीमा जुटेकोमा धन्यवाद व्यक्त गर्दै निर्वाचनको माहौल बनाउन सरकार लागिपरेको र जनस्तरमा निर्वाचनको माहौल बनिसकेको बताउनु भयो । प्रधानमन्त्रीले संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई समेत दुई तीन दिनभित्रै सहमतिमा ल्याउने गरी आफूले पहल गरिरहेको बताउँदै अब निर्वाचन सिंगो मुलुक एक ढिक्का भएर निर्वाचन सफल पार्न लाग्नु पर्ने बताउनु भयो ।