प्रधानमन्त्री र बंगलादेशका पूर्व परराष्ट्र मन्त्रीबीच भेट

प्रधानमन्त्री र बंगलादेशका पूर्व परराष्ट्र मन्त्रीबीच भेट

असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका पार्लयमेन्टरी स्ट्याण्डिङ् कमिटीका सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीबीच भेट बार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वमन्त्री मुनीले प्रधानमन्त्रीलाई २२ अक्टोवरमा हुने बंगलादेश अवामी लीगको राष्ट्रिय सम्मेलनमा आतिथ्यताको निम्तो दिनुभएको थियो । पूर्वमन्त्री मुनीले नेपाल र बंगलादेश बीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ मजभूत बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र बंगलादेश बीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्धा र चुनौतिको मिलेर सामना गर्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी दिँदै विकास र साझेदारीका लागि नेपाल र बंगलादेशले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।