मकवानपुरको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

मकवानपुरको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

असोज १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मकवानपुर जिल्लाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट बार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिनिधि मण्डलले जिल्लाका शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
भेटमा प्रधानमन्त्रीले सरकारले नयाँ सोचअनुसार काम गर्न खोजेको जानकारी दिँदै गरीब, उपेक्षित वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लागेको बताउनु भयो । प्रधानमन्त्रीले समग्र देशको आर्थिक विकासका लागि नयाँ सोंचसहित सरकारले काम गर्न खोजेको जानकारी गराउँदै त्यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।