पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाद्वारा प्रधानमन्त्रीसँग भेट

पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाद्वारा प्रधानमन्त्रीसँग भेट

९ भदौ, काठमाडौं । पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था नगरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्रीले ‘घाइते योद्धाहरुको निशूल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने’ जानकारी गराउनुभयो ।