जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिसँग भेट

जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिसँग भेट

भदौ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिलाई भेट गर्नुभएको छ ।
आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने वताउनु भयो । प्रधानमन्त्रीले नेपाल जापानको दौत्य सम्वन्ध सुमधुर ढंगले साठी बर्ष पुगेको वताउँदै जापानको तर्फवाट प्राप्त सहयोग र सदभावप्रति धन्यवाद व्यक्त गर्दै नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनका दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सदभाव रहने विश्वास व्यक्त गर्नु भयो ।
जापानका राज्यमन्त्री नोबु किसिले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्ननिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने वताउनु भयो ।
भेटका अवसरमा राज्यमन्त्री नोबु किसिले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणका लागि पहयोग गर्न प्रधानमन्त्रीले राख्नु भएको प्रस्ताव प्रति समर्थन गर्दै जापानको तर्फवाट १८ बिलियन नेपाली रुपैया बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराउनु भयो ।