बेपत्ता छानविन आयोगका पदाधिकारीसँग छलफल

बेपत्ता छानविन आयोगका पदाधिकारीसँग छलफल

भदौ १६, काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउने एवम् कारवाहीको शिफारिस गर्न गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारीहरुसँग आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ ।
आज विहान शिंहदरवारमा कानून मन्त्री, मुख्य सचिव, महान्यायधिवक्ता र कानून सचिवसमेतको उपस्थितिमा भएको छलफलमा आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले हालसम्म भएका काम, समस्या तथा कानूनी जटिलताहरुवारे जानकारी गराउनु भएको थियो । उहाँले आयोगलाई पर्याप्त जनशक्ति र वजेटको अभाव भएको, कानूनमा कैयौ कुरा अपुग र अस्पष्ट रहेकाले ऐन संशोधन जरुरी देखिएको एवम् वेपत्ता व्यक्तिको कानूनी हैसियत स्पष्ट नभएको गुनासो गर्नुभएको थियो ।
सो छलफलमा प्रधानमन्त्रीले आयोगले उठाएका समस्याहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जनशक्ति, वजेट, कानूनी जटिलता जस्ता विषयमा सम्वन्धित मन्त्रालयसँगसमेत छलफल गरेर टुंगो लगाइने वताउनु भयो ।