पूर्व सांसदहरुसँग भेट

पूर्व सांसदहरुसँग भेट

भदौ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सांसादहरुलाई आफ्नो अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गर्नुभएको छ ।
आज विहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास
बालुवाटारमा आएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले देशको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँवाट आवश्यक भुमिका खेल्न पूर्व सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
भेटमा पूर्व सासंद मंचले पूर्व सांसदहरुलाई सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित माग बुझाएका थिए । प्रधानमन्त्रीले पूर्व सांसदको समाजमा मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै सेवा र सुविधाका विषयमा भने ऐनकै आवश्यकता पर्ने भएकाले यो विषयलाई अन्य पक्षहरुसँगसमेत छलफल गर्ने वताउनु भयो ।