गोवा बिमानस्थलमा प्रधानमन्त्रीको भव्य स्वागत

गोवा बिमानस्थलमा प्रधानमन्त्रीको भव्य स्वागत

असोज २९, गोवा भारत । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको गोवा बिमानस्थलमा भव्य स्वागत गरिएको छ ।
ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको बिमानबाट दिल्ली आई पुग्नुभएका प्रधानमन्त्रीलाई एयर इण्डियाको ए ३२० बिमानले विशेष उडानबाट शनिबार दिउँसो गोवामा अवतरण गराएको थियो । गोवा बिमानस्थलमा प्रधामन्त्रीलाई भारतीय विदेश राज्यमन्त्री एमजे अकोवर, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल लगायतका विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो ।
स्वागतमा भारतीय सुरक्षा फौजले प्रधानमन्त्रीलाई सम्मान गरेको थियो भने विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । शनिबार नै प्रधानमन्त्रीले भुटानका प्रधानमन्त्री ल्वोञ्चन टिसेरिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोव जुमा र चीनियाँ राष्ट्रपति सिजिङ पिङसँग अलग अलग भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायतका व्यक्तित्वहरुका सहभागी हुनुहुन्छ ।