सुशासन, विकास र लोकतन्त्रका लागि सूचनाको हक, ‘प्रधानमन्त्री’

सुशासन, विकास र लोकतन्त्रका लागि सूचनाको हक, ‘प्रधानमन्त्री’

मंसिर ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र लोकतन्त्रको सुदृढीकरणका लागि सूचनाको हक आवश्यक रहेको बताउनु भएको छ ।
सोमबार राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७३ को सार्वजनिक गर्दै प्रधानमन्त्रीले लोकतन्त्रको सुदृढीकरणका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो शासन सत्तामा राजा, महराजाहरु थिए । उनीहरुले सूचना लुकाउनुलाई आफ्नो शासन बलियो भएको ठान्थे । अहिले राजा, महाराजा छैनन् । अब हामीले पनि आफ्नो सोंच बदल्नुपर्छ । सूचनाको हक जति प्रभावकारी रुपमा कार्यान्वयन भयो, त्यति नै लोकतन्त्र बलियो हुन्छ, सुशासन कायम हुन्छ र विकास एवं समृद्धिले गति लिन्छ ।’
सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी, राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा लगायतले सूचनाको हक र नेपाल सरकारका विभिन्न निकायहरुको कार्य प्रगति अवस्थाबारे बोल्नुभएको थियो । प्रतिवेदनमा नेपाल सरकारका ३१ वटै मन्त्रालयले सूचनाको हक कार्यान्वयनका सन्दर्भमा चालेका कदम र गरेका प्रगतिहरुको नतिजासमेत उल्लेख गरिएको छ ।