राष्ट्रिय सूचना दिवसका उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को शुभकामना सन्देश

राष्ट्रिय सूचना दिवसका उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को शुभकामना सन्देश

नेपालमा सूचनाको हक सम्बन्धी कानून लागु भएको आजदेखि नौ वर्ष पूरा भई दश वर्ष प्रवेश गरेको छ । राष्ट्रिय सूचना दिवसको यो अवसरमा सर्वप्रथम सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
सूचनाको हक सम्बन्धी कानून बमोजिम सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पु¥याउन, नागरिकको सूचनाको हकको सम्मान गर्न, कानूनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न र सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायहरुले प्रतिवद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुनेछ ।
राष्ट्रिय सूचना दिवसको यस अवसरमा म सरकारी कार्यालय, राजनैतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानूनद्वारा स्थापित सबै निकायले सूचनाको हक सम्बन्धी कानूनले निर्दिष्ट गरेको दायित्वलाई हुबहु पालना गर्न सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
मितिः २०७३।०५।०३