मन्त्रिपरिषदको बैठकका चार निर्णय

मन्त्रिपरिषदको बैठकका चार निर्णय

मन्त्रीपरिषदको बैठकका चार निर्णय
भदौं २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बिहीबारको मन्त्रीपरिषदको बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा सम्पन्न बैठकले तराई–मधेश आन्दोलनको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा ७ सदस्ययीय आयोग गठन गर्ने, काबुल घटनामा परी मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने, तराई–मधेश आन्दोलनका क्रममा मारिएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई दश लाखको दरले क्षतिपूर्ति दिने, स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विद्येयक तयार पार्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) लाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।