प्रधानमन्त्री र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

असोज १, भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज साझ ६ वजे भारतीय गृहमन्त्री राजनाथ शिंहले राष्ट्रपति भवनमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटका अवसरमा भारतीय गृहमन्त्रीले नेपालमा शान्ति स्थापनाका लागि नेतृत्वदायी भुमिका खेलेकोमा प्रधानमन्त्री प्रचण्डको प्रसंसा गर्दै नेपालमा शान्ति, स्थिरता र विकासका लागि चालेका कदमहरुप्रति आफूहरुको सधै साथ रहने वताउनु भयो ।
भेटका अवसरमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।