प्रधानमन्त्रीसँग युनेस्कोका उम्मेदवार डा. कवारीको भेट

प्रधानमन्त्रीसँग युनेस्कोका उम्मेदवार डा. कवारीको भेट

फाल्गुण ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताउनु भयो ।
भेटमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताउनु भयो । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।