वान वेल्ट वान रोडको टिमद्वारा प्रधानमन्त्रीसँग भेट

वान वेल्ट वान रोडको टिमद्वारा प्रधानमन्त्रीसँग भेट

फागुन १५, काठमाडौं । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै यसमा ओबिओआरको अन्तराष्ट्रिय प्लेटफर्मको पहलप्रति हार्दिक सह्हाना गर्नुभयो ।
उक्त अवसरमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो ।