द्वन्द्वपीडित सुरक्षाकर्मीका प्रतिनिधिद्धारा प्रधानमन्त्रीसँग भेट

द्वन्द्वपीडित सुरक्षाकर्मीका प्रतिनिधिद्धारा प्रधानमन्त्रीसँग भेट

भदौ २६, काठमाडौं । सशस्त्र द्वन्द्वका पीडित सुरक्षाकर्मीका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी आफ्ना समस्याबारे अवगत गराएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सम्मिलित द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले सत्य निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र आफ्ना समस्या समावेश गर्न, पीडित सुरक्षाकर्मी र परिवारलाई पीडितको पहिचानसहितको सुविधाको व्यवस्था गर्न, मृतक सुरक्षाकर्मीलाई पनि शहिद घोषणा गर्न, पीडित सुरक्षाकर्मीलाई आजीवन पेन्सनको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्रीले द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई हेरेर सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले आफ्ना समस्या र मागबारे अवगत गराउनु भयो । म बुझेर आवश्यक निर्णय गराउनेछु ।’