एमालेद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

एमालेद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

भदौ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सन्दर्भलाई लिएर एमालेले ध्यानाकर्षण पत्र बुझाएको छ ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल सहितको उच्च स्तरीय प्रतिनिधि मण्डलद्वारा विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको होे ।
एमालेको ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली ज्यूसहितको उच्च स्तरीय प्रतिनिधि मण्डललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा न्यानो स्वागत गर्न चाहन्छु । यो ध्यानाकर्षणप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो भारत भ्रमणको सन्दर्भमा दिइएको यो पत्रलाई सहयोगका रुपमा बुझेको छु, यसले मलाई सहयोग नै पु¥याएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । मैले भारत भ्रमणका सन्दर्भमा विभिन्न ढंगले छलफल र सुझाव लिने क्रम सुरु गरेको छु । आज बिहान पनि यसै विषयमा संसदको समितिमा कुरा राखेको छु । भ्रमणमा जानु अघि यही भदौ २८ गते बिहान पूर्व प्रधानमन्त्रीज्यूहरुसँग र त्यसपछि प्रमुख राजनीतिक दलका साथीहरुसँग यसै विषयमा छलफल गर्न खबर पठाइसकेको छु । भ्रमणमा जानु अघि साझा धारणा बनाएर जाने र यो भ्रमणलाई राष्ट्रका पक्षमा फलदायी बनाउन मेरो प्रयास रहनेछ ।
यो भ्रमणलाई कसरी नेपाल राष्ट्रको हित र जनताको आधारभूत हितका पक्षमा सफल बनाउने भन्नेमा यहाँहरुको ध्यानाकर्षणले सहयोग नै पुग्नेछ भन्ने मेरो विश्वास छ । तर अहिले भारत भ्रमणका सन्दर्भमा मेरो मूल भावना र विचारलाई अममानित गर्ने तथा बदनाम गर्ने ढंगले केहीबाट भइरहेको प्रचारवाजीले भने मलाई दुखितःतुल्याएको छ ।
पूर्व प्रधानमन्त्री केपी ओलीजी आफै आएर जसरी सुझावहरु राख्नु भयो, यसमा म आभार व्यक्त गर्दछु । ओलीजीले ढोका खोल्नु भयो यसप्रति धन्यवाद व्यक्त गर्दछु ।