प्रधानमन्त्रीसँग श्रीलंकाली राजदूत पेरेलाको भेट

प्रधानमन्त्रीसँग श्रीलंकाली राजदूत पेरेलाको भेट

मंसिर २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।
भेटमा श्रीलंकाली राजदूतभन्दै आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।