प्रधानमन्त्रीले तामाकोशी जलविद्युत् र कोशी लोकमार्गको निरीक्षण गर्ने

प्रधानमन्त्रीले तामाकोशी जलविद्युत् र कोशी लोकमार्गको निरीक्षण गर्ने

कार्तिक २२, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गरी समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्वघोषणा बमोजिम मंगलबार प्रधानमन्त्रीले पूर्वी क्षेत्रका तीन आयोजनाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन ४५६ मेघावाटको तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने १६२ किलोमिटर लामो उत्तर–दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगति अवस्था, समस्या, चुनौति र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन गर्नुहुनेछ ।