प्रधानमन्त्रीद्वारा ईन्धन अभावबारे आपूर्तिमन्त्रीसँग चासो व्यक्त

प्रधानमन्त्रीद्वारा ईन्धन अभावबारे आपूर्तिमन्त्रीसँग चासो व्यक्त

६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा देखिएको ईन्धन अभावबारे आपूर्तिमन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राख्नुभएको छ ।
सोमबार प्रधानमन्त्रीले आपूर्तिमन्त्री बोहरालाई टेलिफोन गरी बजारमा देखिएको ईन्धनको अभावबारे चासो राख्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।’
टेलिफोनमा प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफ आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा ईन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।