चीनिया चित्रकारद्वारा प्रचण्ड–सीको तस्वीर हस्तान्तरण

चीनिया चित्रकारद्वारा प्रचण्ड–सीको तस्वीर हस्तान्तरण

मंसिर २१, काठमाडौं । चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चीनियाँ राष्ट्रपति सीजिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गर्नुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गर्नुभएको हो । तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य छ ।’
भेटका अवसरमा चीनियाँ टोलीले बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएको थियो ।