मित्रराष्ट्र भारतको ७५ औँ गणतन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्रीद्वारा शुभकामना

मित्रराष्ट्र भारतको ७५ औँ गणतन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्रीद्वारा शुभकामना

माघ १२, काठमाडौँ । मित्रराष्ट्र भारतको ७५ औँ गणतन्त्र दिवसमा उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले शुभकामना व्यक्त गर्नुभएको छ ।

समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री तथा भारतीय जनताको सुस्वास्थ्यका साथै शान्ति र समृद्धिको शुभकामना प्रकट गर्नुभएको हो ।

शुभकामना सन्देशमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल र भारतबीच सौहार्दपूर्ण बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई मुलुक तथा जनताबीचको मित्रवत् सम्बन्ध अझै सुदृढ हुँदैजाने विश्वास व्यक्त गर्नुभएको छ ।