प्राविधिक जनशक्तिले राष्ट्रको हितलाई केन्द्रमा राख्नुपर्छ, ‘प्रधानमन्त्री’

प्राविधिक जनशक्तिले राष्ट्रको हितलाई केन्द्रमा राख्नुपर्छ, ‘प्रधानमन्त्री’

मंसिर ७, धुलिखेल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राविधिक जनशक्तिले राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ ।
काठमाडौं विश्वविद्यालयको ७४ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरु आज दीक्षित हुनुभएको छ । काठमाडौं विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति प्राविधिक जनशक्ति हो । तपाईहरुले जनताको भौतिक स्वास्थ्य र मनोवैज्ञानिक अवस्थालाई समेत विचार गरेर उपचार गर्नुपर्ने हुन्छ । दीक्षित विद्यार्थीहरुलाई राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्न म विशेष आग्रह गर्दछु ।’
दीक्षान्त समारोहमा शिक्षाको महत्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘हामीले राष्ट्रिय हित र उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ । शिक्षालाई गुणस्तरीय र आत्मनिर्भरतामार्फत् जनताको जीवनस्तर बदल्ने उद्धेश्यमा केन्द्रित गर्न जरुरी छ । मलाई विश्वास छ, विद्यार्थी साथीहरुले आफ्नो ज्ञान, सीप र दक्षतालाई राष्ट्रको सेवाका लागि खर्च गर्नुहुनेछ ।’
सो अवसरमा प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालयबाट स्तानक गर्नुहुने १३७७ जना विद्यार्थीहरुलाई दीक्षित गर्नुभएको थियो । दीक्षान्त समारोहमा प्रोफेसर डा. बार्ने ग्लोभर्सले दीक्षित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।