प्रधानमन्त्रीसँग ल्हासामा महत्वपूर्ण भेटघाट

प्रधानमन्त्रीसँग ल्हासामा महत्वपूर्ण भेटघाट

चैत्र १५, ल्हासा, चीन । चीनको साताब्यापी भ्रमणका क्रममा आज बिहान तिब्बत आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यहाँ महत्वपूर्ण भेटघाट भएका छन् ।
बिहान ल्हासा एअरपोर्टमा ओर्लनुभएका प्रधानमन्त्री एअरपोर्टबाट आफू बस्ने तिब्बत होटल जाने क्रममा होटल परिसरमा चीनको स्वशासित प्रदेश तिब्बत सरकार प्रमुख QI ZHALA ले भब्य स्वागत गर्नु भयो । सो क्रममा नेताहरुबीच आपसी हितका विविध पक्षवारे छलफल समेत भयो । छलफल सकारात्मक रहेको थियो ।
दिउसो प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डलसँग चिनीया कम्युनिष्ट पार्टी तिब्बतका सेक्रेटरी wu yingjie नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ । सो अवसरमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्रीले आफ्नो बाआओ र बेइजिङका उच्चस्तरीय छलफल धेरै महत्वपूर्ण र सकारात्मक रहेको बताउँदै ल्हासामा उच्च स्तरीय भेटघाटको अवसर जुटाएकोमा पार्टी नेताहरुप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले चिनको स्वशासित प्रदेश तिब्बत बिगतदेखि नै चीनको भुमि रहँदै आएको बताउँदै एक चीन नीतिप्रति नेपालको स्पष्ट धारणा रहँदै आएको बताउनु भयो । उहाँले नेपाली भुमिवाट कुनैखाले चीन विरोधी गतिविधि हुन नदिइने स्पष्ट पार्दै नेपाल र चीन बीच ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएका उदाहरणहरु प्र्रस्तुत गर्नु भयो ।
प्रधानमन्त्रीले सरकार र व्यवस्था परिवर्तनले नेपाल चीन सम्बन्धमा कुनै फरक नपार्ने स्पष्ट गर्दै चीन सरकारले नेपालको शान्ति, सम्वृद्धि र स्थायित्वका पक्षमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले तिब्बत नेपालको ट्रेड, टुरिजम, कल्चर लगायतका क्षेत्रमा गेट वे का रुपमा रहेको वताउँदै चीनका अन्य भुभागसँग सम्पर्क र सम्बन्धको गेट वे पनि तिब्वत बनेको वताउनु भयो ।
प्रधानमन्त्रीले विभिन्न क्षेत्रमा कनेक्टिीभिटी, नेपालको पूर्वाधार विकास, तातोपानीसहित विभिन्न क्षेत्रमा भन्सार नाका खोल्ने लगायतका विषयमा चीनको सकारात्मक जवाफप्रति आभार व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले दुई देशबीच सबै जसो विषयमा समान बुझाई हासिल भएका छन् । उच्चस्तरीय छलफलवाट आगामी दिनमा महत्वपूर्ण सहमतिका लागि आधार तयार भएको प्रधानमन्त्रीले वताउनु भयो ।
सो अवसरमा पार्टी सेक्रेटरीले प्रधानमन्त्रीलाई ल्हासामा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै यो भेटले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको वताउनु भयो ।