नेपाल चेम्वर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको अवसरमा आयोजित कायक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य

नेपाल चेम्वर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको अवसरमा आयोजित कायक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय,
उद्योगी व्यवसायी मित्रहरु,
उपस्थित दिदी बहिनी तथा दाजूभाईहरु,
पत्रकार मित्रहरु ।
निजी क्षेत्रको सवै भन्दा पुरानो प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस महत्वपूर्ण अवसरमा नेपाल चेम्बर अफ कमर्सको साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
निजी क्षेत्रको सवैभन्दा पुरानो र प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सले आफ्नो स्थापनाको ६६ वर्ष देखिनै निजी क्षेत्रको सुझाव तथा मागलाइ सरकार समक्ष प्रस्तुत गर्दै निजी क्षेत्र र सरकार वीच सम्पर्क सूत्र अथवा सेतुको काम गर्दै आएको व्यहोरासंग म जानकार छु । यसका साथै चेम्बरले नेपाल सरकारले लागू गर्ने उद्योग व्यापार तथा वित्तसंग सम्वन्धित नीतिगत बिषयमा नेपाल सरकारलाई सुझावहरु प्रदान गरी सरकारको थिङ्क ट्याङ्कको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । चेम्वरले अन्तर्राष्ट्रिय चेम्वरहरुसँग समन्वय तथा सम्पर्क गरेर आर्थिक कूटनीतिमार्फत् मुलुकको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समेत भूमिका निर्वाह गरेकोमा म चेम्बरलाई धन्यवाद दिन चाहन्छु ।
सरकारले निजी क्षेत्रको मागलाई मध्यनजर राख्दै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून पारित गरेको ््््््तथा रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने कार्यलाई अगाडी वढाइएको छ । नेपालको औद्योगिक विकास र तिब्रताका दिशामा यसले महत्वपूर्ण नीतिगत योगदान गर्न सक्छ भन्ने मेरो गहिरो विश्वास रहेको छ । नीजि क्षेत्रसँगको साझेदारी र सहकार्यमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने सरकारको संकल्पमा यसले दूरगामी भूमिका खेल्ने नै छ ।
केही दिन अघि मात्र वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भई सकेको छ । संक्रमणकालीन राजनीतिक अवस्थामा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्ने उक्त ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ ।
यसका साथै उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधा सन्दर्भमा विद्युत बितरण प्रणालीलाई सुदृढ गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको छ । औद्योगिक विकासका लागि अत्यावश्यक रहेको विद्युत आपूर्तिका लागि सरकारले विद्युत चुहावटलाईनियन्त्रण गर्ने र नयाँ तथा ठूला जलासययुक्त विद्युत आयोजनाहरुको सञ्चालन गर्ने सरकारको नीति रहेको छ । लोडसेडिङको अन्त्य गर्दै हाल सञ्चालनमा रहेका उद्योगहरुमा नियमित विद्युत आपूर्ति र नयाँ उद्योगहरुका लागि विद्युत बिस्तार गर्न सरकार गम्भीर छ । विद्युत चुहावटको सवाल सरकारको मात्रै चासो र चिन्ताको विषय नभएर नेपालको अर्थतन्त्रको सवलीकरणको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पूर्वाधार भएकाले लोडसेडिङ अन्त्यको सरकारी प्रयासमा निजी क्षेत्रको सहयोग र सद्भावको अपेक्षा गरेका छौं । यस दिशामा नेपाल चेम्बर अफ कमर्सको विगत समयमाझैं सकारात्मक सहयोग रहने विश्वास लिएको छु ।
हामीले आर्थिक एजेण्डालाई सुरुदेखि नै महत्व दिदै आएको सन्दर्भमा विचाराधिन रहेका विधेयकलाई शिघ्र पारित गर्न पहल गर्ने छौं । राजनीति नै सबै नीतिको मियो हो । राजनीतिले सही दिशा र गति हासिल ग¥यो भने मात्रै त्यसले समग्र देशको विकास र समृद्धिमा सकारात्मक योगदान दिन सक्छ । तर, दिन दिनैका राजनीतिक विवाद, बिमति र गतिविधिहरुमा अल्झिएर विकासका कामलाई तपसिलमा राख्नु हुँदैन भन्ने मेरो प्रष्ट मत छ । मेरो नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात् राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर अनुगमन गरिरहेको छु । अनुगमनका क्रममा मैले समयभन्दा अगावै कम लागतमा गुणस्तरीय काम गर्ने आयोजना प्रमूख र कर्मचारीहरुलाई पुरस्कृत गर्ने र राष्ट्रिय संकल्पका लागि अभिप्रेरित गर्ने घोषणा गरिसकेको छु । यसले मात्रै राष्ट्रको आर्थिक समृद्धि र विकासका निम्ति राज्यका संयन्त्रहरुलाई ठिक ढंगले परिचालन गर्न सकिने यथार्थता म स्मरण गराउन चाहन्छु ।
चेम्वर जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका सुझावलाई हामी उच्च मूल्यांकन गर्दै सरकारले तर्जुमा गर्ने नीति सकेसम्म समावेश गर्ने सरकारको नीति रहेको छ । सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यमा मात्रै राष्ट्रको विकासले गुणात्मक प्रगति गर्न सक्छ भन्नेमा सरकार स्पष्ट छ । नीजि क्षेत्रका सकारात्मक चासो र चिन्तालाई सम्बोधन गर्दै लगानीको वातावरण बनाउने र नीतिगत सवालमा सरकारले सहजीकरण गर्नु आवश्यक छ । यसमा सरकार सधैं सकारात्मक सहयोग र सहकार्यका लागि तत्पर छ ।
आर्थिक क्षेत्रसँग सम्बन्धि विषयहरुमा नीतिगत निर्णय लिँदा निजी क्षेत्रको प्रतिनिधित्व र भावनालाई सम्बोधन गर्न सरकार सकारात्मक छ । आर्थिक क्षेत्र एवं विकास र समृद्धिसँग सम्बन्धित विषयमा निजी क्षेत्रको प्रतिनिधित्व बढाउन, नीतिगत निर्णयपूर्व निजी क्षेत्रको राय र सुझावका आधारमा निर्णय गर्ने व्यवस्था गर्न र त्यसको संरचनागत व्यवस्थाका बारेमा आवश्यक निर्णय गर्न सरकार गम्भीर छ ।
सरहकार निर्यातलाई निजी क्षेत्रको माग बमोजिम प्रोत्साहन गर्न र निर्यात प्रवद्र्धनको लागि निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्न प्रतिवद्ध छ । यसका लागि आर्थिक कूटनीतिको विस्तार आजको आवश्यकता भएको सन्र्भमा सरकारले यस दिशामा निरन्तर प्रयत्न गर्दै आएको छ । दुई छिमेकी लगायत विश्व समुदायसँग निर्यात प्रवद्र्धनका लागि सरकारले प्रयत्न गरिरहेको छ । उत्तर दक्षिण नाका बिस्तार लगायतका क्षेत्रमा सरकारले गरेको प्रयत्न यसै उद्धेश्यमा परिलक्षित भएको विषय पनि म स्मरण गराउन चाहन्छु ।
अन्त्यमा, संवेदनशील राजनीतिक परिस्थितिमा सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय चुनौतिहरुको सामना गर्ने र चुनौतिलाई अवसरमा वदल्न यहाँहरुको सकारात्मक सद्भाव र सहयोगको अपेक्षा गर्दै नेपाल चेम्बर अफ कमर्सको ६६ औं साधारण सभा र चेम्वर दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।