केपी शर्मा ओली

profile image
केपी शर्मा ओली
२००८ फागुन ११ इवा २, तेह्रथुममा जन्म, माता–स्व. मधु ओली; पिता– मोहनप्रसाद ओली ।
२०२० झापामा बसाई सराइ
२०२३ माक्सवादी अध्ययन दलमा संगठित
२०२५ पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा संलग्न
२०२६ माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।
२०२७ जेठ ९ पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु ।
२०२७ फागुन १६ झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।
२०२८ झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।
२०३० असोज २३ राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ ।
२०३५ पुस ११ जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी) को संस्थापक नेताको हैसियत प्राप्त ।
२०४४ असार ११ जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।
२०४६ तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन ।
२०४७ जेठ १ पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष।
२०४७ पुस २२ नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।
२०४८ बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित
२०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटव्युरो सदस्य निर्वाचित
२०५१ मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त।
२०५१ पार्टी संसदीय विभागको प्रमुख
२०५४ माघ पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान।
२०५६ झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित
२०५६–२०५९ संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता
२०५९ माघ पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।
२०६३ गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुर्नस्थापित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त ।
२०६४ पहिलो संविधानसभाको निर्वाचनमा पराजित
२०६५–६६ केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख
२०६५ फागुन आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित ।
२०७० मंसीर झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित
२०७० माघ २१ तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ।
२०७१ साउन १ नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।
२०७२ असोज २४ व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते शपथ ग्रहण।
२०७३ साउन ९ व्यवस्थापिका–संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।
२०७३ साउन २० औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहाललाई सत्ता हस्तान्तरण ।
२०७४ फागुन ३ राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको रूपमा शपथ ।
२०७८ असार २९ सम्म नेपालको प्रधानमन्त्री

 

विस्तृत जानकारीको लागि http://kpsharmaoli.com.np