हुम्लाको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

हुम्लाको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट

कार्तिक १०, काठमाडौं । देशको विकट क्षेत्र कर्णालीभित्रको अति बिकट हुम्ला जिल्लाको समग्र विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सरकारले विशेष जोड दिएको बताउनु भएको छ ।
हुम्ला जिल्लाका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, यो सरकार गरीबको पक्षमा छ । यसपटक सरकारले दुर्गम क्षेत्र र त्यहाँका जनताको जीवनमा सकारात्मक परिर्वतन ल्याउने गरी काम गरिरहेको छ । तपाईहरु सबै जना पनि जिल्लाको विकास र जनताको सेवामा क्रियाशील हुनुहोला ।
पूर्वसभासद् कर्णबहादुर बुढासहित हुम्लाका प्रतिनिधि मण्डलले जिल्लाको विकासलाई प्राथमिकता राखेर काम गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।