हिमाल, पहाड र मधेश जोड्न संविधान संशोधनः प्रधानमन्त्री

हिमाल, पहाड र मधेश जोड्न संविधान संशोधनः प्रधानमन्त्री

पुस २, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले हिमाल, पहाड र मधेशलाई एकताबद्ध गर्न र राष्ट्रिय एकता अझ मजबुद बनाउन संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ । उहाँले संविधानलाई सर्वस्वीकार्य बनाइ चुनावको वातावरण तयार पार्न संशोधन प्रस्ताव महत्वपूर्ण हुने बताउनु भयो ।
प्रेस सेन्टर नेपाल चितवन शाखाको आयोजनामा चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्धारा सोधिएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिले संविधान संशोधनको विषयलाई लिएर एमालेले आन्दोलन गर्नुको कुनै तुक नभएको बताउनु भयो । उहाँले विगगतमा कांग्रेस र एमालेले ल्याएको प्रस्तावलाई अहिले सरकारले संशोधनको रुपमा ल्याएकाले यससलाई स्वीकार गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गर्नुभयो । आफैले हस्ताक्षर गरेको प्रस्तावलाई एमालेले अहिले राष्ट्रघाती भन्दा आफूलाई अचम्म लागेको बताउँदै प्रधानमन्त्रीले आफूले त्यही प्रस्ताव गर्दा राष्टघाती नहुने अहिले कसरी भयो भन्ने प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीले नयाँ संरचना अनुसार नै चुनाव हुने बताउँदै यसमा दलहरुबीच छलफल गरेर समझदारी गरिने बताउनु भयो ।
उहाँले चितवनबासीका लागि सरकारको तर्फबाट विशेष प्याकेज ल्याउने तयारी भइरहेको जानकारीसमेत दिनु भयो ।
प्रधानम्नत्रीको सम्पत्ति विवरण सम्वन्धमा सोधिएको प्रश्नमा उहँले आफूले जे जति सम्पत्ति बाँकी थियो, त्यही देखाएको प्रष्ट पार्दै भन्नुभयो ‘अंशबण्डा हुँदा मेरो भागमा डेढ बिगा जग्गा थियो । त्यसलाई बेचेर पार्टीमा बुझाए । अहिले एक कठ्ठा बाँकी श्रीमतिको नाममा छ, जुन विवरणमा देखाएको छु । मेरो सम्पत्ति कति छ भन्ने चितवनका साथीहरुलाई थाहा छ, बास्तविकता ल्याइदिनोस्।’
प्रधानमन्त्रीले पूरै नेपाललाई आफूले सम्पत्ति मानेको बताउँदै यसवारे भइरहेका गलत प्रचारको खण्डनसमेत गर्नुभएको छ ।