हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयमा उपसचिव पदमा कार्यरत मनहरी तिमल्सिनाका बुवा पर्वत राम्जा देउराली ७ निवासी ७३ वर्षीय तेजराज पाध्यायको उपचारकै क्रममा आज दिउसो पोखराको गण्डकी अस्पतालमा दुखःद निधन भएको खवरले अत्यन्तै स्तब्ध बनाएको छ । यस दुःखद निधनप्रति सम्माननीय प्रधानमन्त्रीको स्वकीय सचिवानलयका तर्फवाट गहिरो शोकसहित मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । शोकको यस घडीमा शोकाकूल परिवार, आफन्तजन एवम् शुभेच्छुकमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि अनुरोध गर्दछु ।
–सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख  स्वकीय सचिव जोखबहादुर महरा
मितिः २०७३ भाद्र १४ गते