हरहालतमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

हरहालतमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

माघ २६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरहालतमा निर्वाचन हुने बताउनु भएको छ । उहाँले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने वताउँदै सरकारले तीन तहको निर्वाचन गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नै लाभारिस हुने खतरा रहेको बताउनु भयो ।उद्योग संघ चितवनले निर्माण गर्न लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको बुधवार भरतपुरमा शिलन्यास गर्दै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन गरी निर्वाचनतर्फ जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले कसैलाई निषेध ग¥यौं र अपमानित ग¥यौं भने राष्ट्रिय एकता र स्वाधिनतामा नै अप्ठ्यारो पर्ने स्थिति छ ।” हाम्रो राष्ट्रिय एकताको संवेदनशीलतालाई मनन गरेर अगाडि बढ्न आग्रह गर्दै उहाँले अगाडि भन्नुभयो “हामी सबैलाई समेटेर निर्वाचनमा लैजान चाहन्छौं, तर अनिश्चित होइन । यो कुरा सबैले बुझिदिनु प¥यो ।”
देशलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति, अलग देशका कुरा गर्ने प्रवृत्तिमाथि कुनै हालतमा सरकारले छुट नदिने भन्दै उहाँले दुनियामा त्यस्तो देश छैन, जसले अलगाव देशको कुरा गरेर हिँड्नेहरुलाई छुट दिन सकोस् भन्नुभयो । नेपालको ईतिहास स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधिन रहँदै आएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो “लोकतन्त्रको अहिलेको जमानामा देश टुक्राउने कुरा गर्नेहरुलाई छुट दिन सकिंदैन । सरकार कठोर रुपमा प्रस्तुत हुन्छ ।”
वास्तविक राष्ट्रवाद व्यवहारमा अभिव्यक्त हुनुपर्ने भन्दै उहाँले राष्ट्रलाई एकताबद्ध गरेर मात्रै राष्ट्रवादको अभिव्यक्ति हुनसक्ने बताउनुभयो ।
अहिलेको सरकारलाई मधेश, पहाड, हिमाल जोड्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै उहाँले यसलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।
अहिलेको सरकारको मुख्य एजेण्डा विद्युतीकरण भएको भन्दै उहाँले भन्नुभयो “सरकारको महाअभियान विद्युतीकरणतर्फ देशलाई लैजान अनावश्यक कचिङ्गत पैदा गर्ने तिर होईन, सकारात्मक र रचनात्मक सहयोगका निम्ति हो भन्ने मैले विश्वास लिएको छु ।” विद्युतीकरणबाट देशलाई आर्थिक गति दिन सकिने भन्दै उहाँले यसले रोजगारी सिर्जना गरी औद्योगिकरण र विकासलाई गति दिन सकिने बताउनुभयो ।बैठकले निर्णय गर्ने पनि बताउनुभयो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रदर्शनी केन्द्र ३० करोड रुपैयाँको लागतमा निर्माण गर्न थालिएको हो । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा ३० वर्षका लागि भाडामा लिएर १५ करोड सरकारले र १५ करोड निजी लगानीमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्र अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।