स्थानीय तहको निर्वाचनले महिला अधिकार संस्थागत गर्छः प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनले महिला अधिकार संस्थागत गर्छः प्रधानमन्त्री

चैत्र २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय तहको निर्वाचनमा महिलालाई नेतृत्वमा ल्याउने अनिवार्य व्यवस्था गरिएकाले यो निर्वाचनमार्फत् महिला अधिकार संस्थागत हुने बताउनु भएको छ ।
आज साझ काठमाडौंमा आयोजित माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो भएको बताउनु भयो । उहाँले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको बताउँदै सबैखाले बिभेद अन्त्य गर्ने र महिला अधिकार संस्थागत गर्ने प्रक्रियालाई सफल बनाउन सरकार लागिपरेको स्पष्ट गर्नुभयो ।