सिराहाको कुम्भी खाडीदहमा मैनावती नदी प्रणालीको एकीकृत व्यवस्थापन कार्यको शिलन्यास कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको मन्तव्य

सिराहाको कुम्भी खाडीदहमा मैनावती नदी प्रणालीको एकीकृत व्यवस्थापन कार्यको शिलन्यास कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय,
माननीय मन्त्री ज्यू,
पूर्व मन्त्री ज्यूहरु,
मानीय सांसद ज्यूहरु,
प्रमुख जिल्ला अधिकारी लगायत सबै कार्यालय प्रमुखज्यूहरु
उपस्थित दिदी बहिनी तथा दाजुभाइहरु
संचारकर्मी मित्रहरु ।
सिराहा जिल्लाको गोलजार नगरपालिका २ तेतरिया कुम्भी खाडीदहमा राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिले नेपाली सेनासंगको सहकार्यमा सञ्चालन भैरहेको मैनावती नदी प्रणालीको एकीकृत व्यवस्थापन कार्यको शिलन्यास गर्न पाउंदा गौरवान्दित महसूस गरेको छु । म भूक्षय तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरुको न्यूनीकरण, जमीन मुनिको पानीको पुनः भण्डारण, जैविक विविधताको संंरक्षण तथा स्थानीय जनसमुदायको जीविकोपार्जनमा टेवा पु¥याउन मद्धत गर्ने उदेश्यका साथ शुरु भएको यो कार्यक्रम लक्ष्य अनुरुप निर्धारित समय र तोकिएको गुणस्तरमा सम्पन्न हुन सकोस् भन्ने शुकामना व्यक्त गर्दछु ।
हामी सबैलाई जानकारी छ कि चुरे क्षेत्र पर्यावरणीय रुपमा सम्वेदनशील क्षेत्र भएको र पछिल्लो समय तीव्र रुपमा भइरहेको दोहनबाट सोही क्षेत्रका जनसमुदाय र तराइ भेगमा खासगरी चुरेको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनसमुदायले विनास हुन शुरु भए देखि नै धेरै किसिमका समस्याहरु झेलिरहेको छन् । यसबाट ती क्षेत्रमा पानीको श्रोत सुक्ने, बाढी पहिरो जस्ता विपदका घटनामा वृद्धि हुने र महत्वपूर्ण जैविक विविधता मासिने जस्ता समस्या देखिएका छन् । चुरे क्षेत्रको विनास रोक्न खासगरी प्रकृतिको अन्धाधुन्ध दोहन गर्ने कार्य रोक्ने, प्रभावित स्थानीय र तराईमधेश क्षेत्रमा बसोबास गर्ने जनसमुदायको जीवनमा सुधार गर्ने उदेश्यले नेपाल सरकारले राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समिति गठन गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । त्यस अन्तर्गत कै यो कार्यक्रम निश्चय नै यो क्षेत्रको समग्र विकास र पर्यावरण संरक्षणमा महत्वपूर्ण हुने मेरो विश्वास छ ।
राष्ट्रपति चुरे—तराई मधेश संरक्षण कार्यक्रमलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरी उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको व्यहोरा यहांहरुलाई अवगत नै छ । मैले वत्र्तमान सरकार गठन भए देखि नै संविधानमा मधेशी थारु आदिवासी जनजाति समुदायका सम्बोधन हुन नसकेका सवालहरु सम्बोधन गर्दै संविधानको स्वीकार्यता फराकिलो बनाउने, भूकम्प पश्चात्को पुनःनिर्माणलाई तव्रिता दिने, गरिबका लागि सरकार कार्यक्रम सञ्चालन गर्ने, मुलुकभर लोडसेडिङको अन्त गर्ने संगसंगै मुलुकमा आर्थिक सम्वृद्धिका लागि विकास निर्माणका कार्यहरुलाई तीव्र गतिमा अगाडी बढाउने कार्यलाई अभियानको रुपमा अगाडी बढाएको छु । यस क्रममा मुलुकको आर्थिक सम्वृद्धिका आधारको रुपमा रहेका जलविद्युत, खानेपानी सिंचाई र सडक लगायत पूर्वाधार क्षेत्रका राष्ट्रिय गौरवका र ठूला आयोजनाहरुको देशव्यापी रुपमा आफै अनुगमन गर्ने र देखिएका समस्या तत्काल समाधान गर्दै आयोजनाहरु तोकिएको समय अगावै र उच्च गुणस्तरमा सम्पन्न गर्ने दिशामा अग्रसरता लिइरहेको छु । मेलाम्ची खानेपानी आयोजनाबाट शुरु भएको मेरो अनुगमनको यात्रा दोलखा जिल्लामा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना, पश्चिम नेपालका सिक्टा र रानीजमरा कुलरिया सिंचाइ आयोजना, नेपाल र चीन बीचको महत्वूर्ण नाका किमाथान्का जोड्ने रानी किमाथान्का सडक, दार्चुला जिल्लामा निर्माणाधिन चमेलिया विद्युत् आयोजना ,हुम्ला जिल्लाको हिल्सामा नेपाल र चीन जोड्ने हिल्साको पुल, महाकाली पारिको दोधारा चांदनीमा प्रस्तावित सुख्खा बन्दगाहा, जनकपुरको ढल्केवार सवस्टेसन, कुलेखानी तेश्रो जलविद्युत आयोजना, कैलाली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत गहुंको सुपरजोन सुरुवात हुदै झापा जिल्लामा धानको सुपरजोन स्थापना सम्म जारी रहेको छ ।
अनुगमन पश्चात् मेलाम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना लगायतका महत्वपूर्ण आयोजना र अनुगमन गरिएका अन्य आयोजनाहरुको काम अपवाद बाहेक द्रूत रुपमा अगाडी बढिरहेको पाइएको छ । यस क्रममा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो आयोजनाको स्थलगत अनुगमन र शिलन्यास सहित कामलाई तीव्रता दिने सन्दर्भमा म यहां आएको हुं । यो कार्यक्रमले एकिकृत रुपमा यो क्षेत्रको पारिस्थितिकीय प्रणालीको दिगो व्यवस्थापन गर्दै उपल्लो तटीय र तल्लो तटीय वातावरणीय अन्तरसम्बन्धबाट तराई÷मधेश क्षेत्रको संरक्षण हुने विश्वास सहित यो कार्यक्रमको महत्वलाई आत्मसात गर्दै म स्वयं नै यहां आउने निर्णय लिएको हुं ।
यो कार्यक्रमलाई भहउबमष्तभ गर्न आवश्यक निर्देशिका तथा कार्यविधि पुनरावोलकन गर्ने, उपल्लो तटीय वासिन्दावीच समुह संजालीकरण गर्ने, नयाँ स्थायी नर्सरी निर्माण तथा व्यवस्थापन गर्ने, विभिन्न प्रजातिका विरुवा उत्पादन गर्ने, चुरेको डंढेलो नियन्त्रण तथा बन अतिक्रमण तथा चोरी निकासी नियन्त्रण गर्ने, चुरेमा आश्रित गरिव तथा विपन्न वर्गका लागि रोजगारमुखी वृक्षरोपण गर्ने जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

मैनावती नदी प्रणाली (सिराहा)को एकीकृत व्यवस्थापनपश्चात् यस नदी प्रणलीमा रहेका मुख्य दुई सिमसार क्षेत्र वा तालतलैयाहरु(कुम्भिखाडी ताल र सदा मुसहर ताल)को जिर्णोद्धार, संरक्षण र व्यवस्थापन भइ यो क्षेत्र महत्पूर्ण पर्यटकीय स्थलको रुपमा रुपमा विकास गर्न मद्धत पुग्ने, कुम्भीखाडी ताल र सदा मुसहर तालको जलाधार क्षेत्र र मैनावती खोलाको उकास क्षेत्रमा वृक्षारोपण भै त्यसको संरक्षणमा टेवा पुग्ने लगायतका कार्य भै स्थानीय समुदायमा यस प्रतिको अपनत्व र स्वामित्व भावमा वृद्धि भइ यस क्षेत्रको समग्र विकासमा समेत मद्धत पुग्ने विश्वास छ ।
कार्यक्रमलाई यसको उदेश्य अनुरुप अगाडी बढाउन आवश्यक पर्ने ऐन कानून तर्जुमा लगायत स्रोत साधन परिचालन गर्ने कार्यमा नेपाल सरकारको तर्फबाट कुनै कसर बांकी नराखिने र आयोजना समय भन्दा पहिला सम्पन्न गर्ने आयोजना प्रमुख लगायत कर्मचारीलाई पुरस्कृत गरिने व्यहोरा समेत जानकारी गराउंछु । स्वभाविक रुपमा आयोजनाको काममा वेवास्ता गर्ने, काममा पारदर्शिता कायम नगर्ने र सार्वजनिक श्रोत व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने पदाधिकारीलाई दण्डित समेत गरिने छ । म आशा गर्दछु कि त्यो अवस्था नआओस् ।
कार्यक्रम नेपाली सेनासंगको सहकार्यमा सञ्चालन गर्न लागिएको विषयले यो कार्यक्रम तोकिएको समय अगावै उच्च गुणस्तरमा सम्पन्न हुने विश्वासिलो आधार पैदा गराएको छ । कि नेपाली सेनाले जिम्मा लिएका कार्यहरु तोकिएको समय अगावै सम्पन्न हुंदै आएका छन् । सहकार्यका लागि नेपाली सेना प्रति धन्यवाद समेत व्यक्त गर्दछु । यस प्रसंगमा हाम्रो जस्तो प्रणाली÷पद्धति स्थापना नभएको मुलुकमा नेपाली सेनाबाट निश्चित पद्धति, समय प्रतिको सम्वेदनशीलता र कामप्रतिको लगाव जस्ता विषयहरु सिक्न संलग्न सबैलाई महत्वपूर्ण हुने छन् भन्ने मलाई लाग्दछ ।
अन्तमा, यो कार्यक्रम सञ्चालनपश्चात् यो क्षेत्र नदी प्रणालीको व्यवस्थापनको नमूना स्थल विकास हुन सकोस् र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणस्तरीय परिवर्तन ल्याउन सकोस् भन्ने शुभकामना सहित यसमा सम्वद्ध सबैमा सोही दिशामा अग्रसर हुन आग्रह गर्दै विदा हुन चाहन्छु ।

धन्यवाद