संयुक्त अरब इमिरेट्स्का राजदूतद्धारा प्रधानमन्त्रीसँग भेट

संयुक्त अरब इमिरेट्स्का राजदूतद्धारा प्रधानमन्त्रीसँग भेट

श्रावण ३१, काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट बार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राजदूत नक्वीले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री प्रचण्डको कार्याकालमा द्धीपक्षीय सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकास र साझेदारीका लागि संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध थप मजभूत हुने बताउनुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण, सुशासन र आर्थिक समृद्धि सरकारको प्राथमिकता भएको जानकारी दिँदै दुई देशबीच उच्चस्तरीय भेट बार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्धाहरुमा साझेदारी हुने विश्वास व्यक्त गर्नुभयो ।