शान्ति प्रक्रियाको पूर्णतासँगै विकास र समृद्धिले गति लिन्छ, ‘प्रधानमन्त्री’

शान्ति प्रक्रियाको पूर्णतासँगै विकास र समृद्धिले गति लिन्छ, ‘प्रधानमन्त्री’

असोज ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताउनु भएको छ ।
बुधबार शान्ति तथा पूनर्निर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पु-यायौं । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु-याउन ढिलाई गर्नु हुँदैन ।’
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्नेमा जोड दिँदै गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताउनुभयो ।