प्रधानमन्त्रीद्वारा शहिदहरुको स्मारकमा माल्यार्पण

प्रधानमन्त्रीद्वारा शहिदहरुको स्मारकमा माल्यार्पण

माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरमा रहेको शहिद स्मारकमा पुगी शहिदहरुको स्मारकमा माल्यार्पण गर्नुभएको छ । आइतबार बिहान शहिद स्मारकमा पुगेर शहिदहरुप्रति माल्यार्पण गर्नुभएको हो । माल्र्यापण कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरु, सुरक्षा अंगका उच्च पदस्थ अधिकृतहरु लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।