रोल्पाको विकास सरकारको प्राथमिकतामा छ, ‘प्रधानमन्त्री’

रोल्पाको विकास सरकारको प्राथमिकतामा छ, ‘प्रधानमन्त्री’

भदौ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको विकास सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
आइतबार दिउँसो रोल्पाका राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वपक्षीय प्रतिनिधि मण्डलसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले रोल्पालाई प्राथमिकतामा राखेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘परिवर्तनका लागि रोल्पाले खेलेको भूमिका अतुलनीय नै छ । अहिले रोल्पाका दुवै जना जनप्रतिनिधि राज्यको महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । मेरो र सरकारको प्राथमिकतामा पनि रोल्पा छ । रोल्पाको विकासका लागि सरकारले पहल गर्छ, तपाईंहरुले राखेका माग र चाहनालाई सरकारले सम्बोधन गर्छ ।’
नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र पुनसहितका रोल्पाली नेता र अगुवाहरुले रोल्पाको सडक बिस्तार र स्तरोन्नति, खानेपानी, कृषि, शिक्षा र पूर्वाधार निर्माणमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।