मानव जीवन पद्दति र सम्वृद्धिमा योग महत्वपूर्ण, ‘प्रधानमन्त्री’

मानव जीवन पद्दति र सम्वृद्धिमा योग महत्वपूर्ण, ‘प्रधानमन्त्री’

मंसिर १२, बीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जीवनमा योगको धेरै ठूलो महत्व रहेको बताउँदै योग र उद्योगलाई जोड्न सक्दा मानव जीवन पद्दति र सम्वृद्धिमा धेरै ठूलो टेवा पुग्ने बताउनु भएको छ ।
पतञ्जली योग समिति नेपालको आयोजनामा बिरगञ्जमा सञ्चालित योग विज्ञान शिविरमा आइतबार दिउँसो प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्रीले उक्त अवसरमा मधेश, पहाड, हिमाल जोडेर संविधान कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको बताउँदै आफ्नो पवित्र उद्देश्यका लागि सबैतिरका जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले योग र उद्योगलाई जोड्न सकेकोमा स्वामी रामदेवलाई धन्यवाद दिनुभयो ।