महत्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषदकाे बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषदकाे बैठक सम्पन्न

मंसीर २६, काठमाडौं । महत्वपूर्ण निर्णय गर्दै नेपाल सरकार मन्त्रिपरिषदकाे बैठक सम्पन्न भएकाे छ। प्रधानमन्त्रिकाे कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले नेपाल सरकारका मन्त्रिहरुबाट प्राप्त सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ।

बैठकले भूकम्पकाे पुनर्निर्माणका लागि चीन सरकारबाट प्राप्त हुने १५ अरब ८० कराेड रुपैया स्वीकार गर्ने निर्णय गरेकाे छ । बजार तथा अापूर्ति व्यवस्थापनलाई निरीक्षण गर्ने काम वाणिज्य मन्त्रालयले गर्ने नै निरीक्षक पठाउने, अनुगमन र निरीक्षण गर्ने निर्णय पनि बैठकले गरेकाे छ।

अाईतबार सम्पन्न बैठकले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा डा. दिनेशचन्द्र पाेखरेललाई पदाेन्नति गरेकाे छ। बैठकले राजनीतिक पूर्वाग्रहका अाधारमा अान्दाेलनका क्रममा हटाइएका शिक्षक कर्मचारीहरुकाे जाँचबुझ गर्न गाेविन्द प्रसाद पराजुलीकाे संयाेजकत्वमा रेवती सिवाकाेटी, अणप्रसाद न्याैपाने रहेकाे समिति गठन गरेकाे छ।

निर्वाचन कसुर सजाय सम्बन्धि विद्येयक सदनमा दर्ता गराउने, डा. गाेविन्द केसीसँग भएका सबै सहमति अध्ययन गरि अघि बढाउने गरि कार्यविधि बनाउने तथा सुरज पाेखरेललाई नेपाल सरकारकाे सचिवमा पदाेन्नति गर्ने निर्णय भएकाे सरकार प्रवक्ता तथा सञ्चारमन्त्रि सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयाे।