मन्त्रीपरिषद्को नियमित बैठक सम्पन्न

मन्त्रीपरिषद्को नियमित बैठक सम्पन्न

कार्तिक ११, काठमाडौं । मन्त्रीपरिषद्को नियमित बैठक विभिन्न निर्णय गर्दै बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमूखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिनुभयो ।