मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

मन्त्रीपरिषदको नियमित बैठक सम्पन्न

फाल्गुण ३, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले भूमिसुधार मन्त्रालय अन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने, आयोजनाहरु सञ्चालनका लागि अवरोध हुने रुख काट्नका लागि स्वीकृति दिने, नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
आजको बैठकले चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । त्यसै गरी बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।