ब्रिक्स र बिमेस्टेकको संयुक्त बैठकलाई प्रधानमन्त्रीद्धारा सम्बोधन

ब्रिक्स र बिमेस्टेकको संयुक्त बैठकलाई प्रधानमन्त्रीद्धारा सम्बोधन

असोज ३०, गोवा भारत । भारतको गोवामा चलिरहेको ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले थाइल्याण्डका राजा भूमिबोल अदुल्याडेजको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । प्रधनमन्त्रीले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै बिमेस्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताउनु भएको छ ।
सम्बोधनमा प्रधानमन्त्रीले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्रीले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आतंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौति रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।