बाल दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

भदौ २८, काठमाडौं । बाल दिवसको सन्दर्भमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताउनु भएको छ ।
सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएका छन् । तथापि, बालबालिकाको विशेषतः संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै छन् । स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि र गुणस्तर कायम गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने थप दायित्व हाम्रो काँधमा छ । बाल अधिकार हनन्का घटनाहरुबाट बालबालिकालाई जोगाउन नेपाल सरकार निरन्तर प्रयत्नशील रहेको छ । यस क्रममा हाम्रा संवैधानिक व्यवस्थादेखि विद्यमान नीति तथा कानूनहरुको कार्यान्वयनमा सबै पक्षले सहयोग र सहकार्य गर्दै अगाडि बढ्नका लागि म सम्पूर्ण सरोकारवालालाई आब्हान समेत गर्दछु ।’