बजेट आश्रित विद्येयक पेस गर्ने मन्त्रीपरिषद्को निर्णय

बजेट आश्रित विद्येयक पेस गर्ने मन्त्रीपरिषद्को निर्णय

असोज १३, काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले बजेट आश्रित विद्येयकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक २०७३ संसदमा पेश गर्ने निर्णय गरेको हो ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा. देवराज अधिकारी र सदस्यहरुमा त्रिभूवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. तीर्थराज खनिया र कृषि तथा बन विश्वविद्यालयका उपकूलपति डा. ईश्वरीप्रसाद ढकाललाई नियुक्त गरेको छ । त्यसै गरी बैठकले अर्थ मन्त्रालयको प्रमूख आर्थिक सल्लाहकारमा प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।