बंगलादेशका सुरक्षा अधिकारीद्धारा प्रधानमन्त्रीसँग भेट

बंगलादेशका सुरक्षा अधिकारीद्धारा प्रधानमन्त्रीसँग भेट

भदौं १, काठमाडौं । बंगलादेशको सुरक्षा अधिकारीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको उद्धार र राहतमा बंगलादेश र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्नुभएको छ । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालमा गत वर्ष आएको बिनासकारी भूकम्पपछि बंगलादेश सरकार, सुरक्षा संयन्त्र र जनताले गरेको सहयोग, सद्भाव र समन्वयप्रति नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’ भेटमा प्रधानमन्त्रीले नेपाल र बंगलादेश दुवैले प्राकृतिक बिपत्तिको सामना गर्नु परिरहेको भन्दै उद्धार, राहत र पूनर्निर्माणमा एक–अर्काका अनुभवहरु आदान–प्रदान गर्न नेपाल सरकार ईच्छुक रहेको जानकारी दिनुभयो ।
भेटका अवसरमा बंगलादेशका सुरक्षा अधिकारीहरुले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको भन्दै दुई देशको सम्वन्ध र बिपत्तिको सामनामा बंगलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न ईच्छुक रहेको बताएका थिए ।