प्राप्त उपलब्धिलाई उल्टाउने कोशिस भइरहेको छ –प्रधानमन्त्री

प्राप्त उपलब्धिलाई उल्टाउने कोशिस भइरहेको छ –प्रधानमन्त्री

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्न नदिएर जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई उल्टाउने जर्मको भइरहेको बताउनुभएको छ ।
नेपाल तामाङ घेदुङले आज यहाँ आयोजना गरेको ‘नेपाल तामाङ् घेदुङ प्रदेश–३ प्रादेशिक भेला’ उहाँले संविधान गर्न नदिएर प्राप्त उपलब्धिलाई उल्टाउने जर्मको भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधान संशोधनको प्रस्तावमामा लोकतान्त्रिक भनिने पार्टीले संसद चल्न, बहस गर्न दिएको छैन, यहाँ परिर्वतनलाई उल्टाउने जर्मको भइरहेको छ, उल्टाउने प्रयास भए अर्को विद्राहको तयारी हुन्छ ।”
जनआन्दोलन सफल पार्न र माओवादीलाई पहिलो पार्टी बनाउन तामाङहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले आफू प्रधानमन्त्री हुँदा नै तामाङहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तामाङसालिङ राज्य हुनुपर्छ भनेर माओवादीले नै स्थापित गरेको र आगमी दिनमा पनि उनीहरुको मागप्रति सरकार र पार्टी गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्रीले तामाङ जातिलाई अधिकारको आवश्यकता भएको र आफ्नो अधिकारका लागि निरन्तर खबरदारी र दबाब दिइरहन आग्रह गर्नुभयो ।